Logo Icon

Nepal with Integrity

Biraj Bhakta Shrestha

Annual Profile

Achievements As
Minister of Youth And Sports

१. नीतिगत तथा संस्थागत सुधार

वार्षिक खेलकुद क्यालेन्डर : राष्ट्रिय खेलकुद परिषद् र संघहरूद्वारा सञ्चालन गरिने प्रतियोगिताहरूको एकीकृत वार्षिक कार्यतालिका सार्वजनिक।

नीति परिमार्जन : 'राष्ट्रिय खेलकुद नीति २०८०' र 'राष्ट्रिय युवा नीति २०८०' को मस्यौदालाई प्रादेशिक सुझावसहित अन्तिम रूप दिइएको।

एन्टी-डोपिङ सक्रियता : खेल क्षेत्रलाई स्वच्छ राख्न 'राष्ट्रिय एन्टी-डोपिङ एजेन्सी' मा पदाधिकारी नियुक्ति गरी पूर्ण क्रियाशील बनाइएको।

इ-स्पोर्ट्सको मान्यता : डिजिटल युग सुहाउँदो 'इ-स्पोर्ट्स' लाई खेलकुद क्षेत्रमा औपचारिक समावेश।

व्यवस्थापकीय सुधार : रंगशाला सञ्चालन कार्यविधिको मस्यौदा तयार र नेपाल स्काउटको जग्गा संरक्षणका लागि सिलबन्दी एवं कानुनी कार्यान्वयन।

२. पूर्वाधार विकास

क्रिकेट रंगशाला : मूलपानी रंगशालाको डीपीआर तयार। कीर्तिपुरमा डिजिटल स्कोरबोर्ड जडान र फ्लड लाइट खरिद प्रक्रिया सुरु।

राष्ट्रिय पूर्वाधार : दशरथ रंगशालाको मर्मत सम्पन्न र १०औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी सुर्खेत रंगशाला निर्माणमा तीव्रता।

३. शैक्षिक तथा अन्तर्राष्ट्रिय सहकार्य

स्पोर्ट्स साइन्स: विश्वविद्यालय स्तरमा 'स्पोर्ट्स साइन्स' अध्ययनका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता।

पाठ्यक्रम सुधार : विद्यालय तहको पाठ्यक्रममा खेलकुद विषय समावेश गर्न पहल।

अन्तर्राष्ट्रिय साझेदारी : युवा तथा खेलकुद विकासका लागि कतार सरकारसँग सहकार्यको समझदारी।

४. खेलाडी प्रोत्साहन र समावेशिता

पुरस्कार सुनिश्चितता : अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई पुरस्कृत गर्ने व्यवस्था सुनिश्चित।

पारा ओलम्पिक : प्रथम 'पारा राष्ट्रिय ओलम्पिक'का लागि आवश्यक नीतिगत र कार्यक्रमगत व्यवस्था।

साहसिक खेल : 'हाई अल्टिच्युड' खेलकुदका लागि विशेष बजेट विनियोजन।

५. युवा स्वरोजगार र प्रविधि प्रवर्द्धन

स्वरोजगार कोष सुधार: युवा स्वरोजगार कोषको कर्जा परिचालन र प्रभावकारिता अध्ययनका लागि कार्यदल गठन।

युवा फेलोसिप : स्थानीय तहमा कार्यरत रहने गरी युवाहरूका लागि 'तीन महिने फेलोसिप' कार्यक्रम सुरु।

डिजिटल पोर्टल : युवा तथा खेलकुद सम्बन्धी एकीकृत तथ्याङ्कका लागि सूचना पोर्टलको निर्माण।

Community Work

काठमाडौँ - ८ मा भएको परिवर्तन

१. पूर्वाधार निर्माण तथा सडक स्तरोन्नति (सम्पन्न कार्यहरू)

प्रमुख मार्गहरूको पुनर्निर्माण : वीरेन्द्र मार्ग (डल्लु आवास), सिमाना मार्ग (छाउनी) र डल्लु आवास मार्गको पुनर्निर्माण सम्पन्न।
बस्तीभित्रको सहज पहुँच : गाईबाछा पाटी (वडा नं. १३), छिन्नलता मार्ग, ताहाचल मार्ग, ज्ञानोदय मार्ग र छाउनी गणेश मन्दिर अगाडिको सडक स्तरोन्नति।
वातावरण संरक्षण : कामपा १५ स्थित लिंकरोड र करिडोर क्षेत्रमा हरियाली पार्क जोगाउन सुरक्षा पर्खाल निर्माण।

२. निर्माणाधीन तथा जारी योजनाहरू

सडक विस्तार : आदेश्वर फूलबारी टोल र नागार्जुन-४ खोपा टोलमा सडक निर्माण तथा स्तरोन्नति कार्य।
जोखिम न्यूनीकरण : आदेश्वर फूलबारी क्षेत्रमा पहिरो रोकथामका लागि 'सेरवाल' र ढुङ्गाको पर्खाल निर्माण ।

३. सम्पदा संरक्षण र पहिचान

सांस्कृतिक जगेर्ना : पौराणिक, मूर्त तथा अमूर्त सम्पदाहरूको संरक्षण, संवर्द्धन र विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन।

४. जनसहभागिता र स्थानीय संवाद

योजना कार्यान्वयनमा नागरिक चासो : नागार्जुन-५ फूलबारी टोलमा संघीय योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि र नागरिकबीच सहभागितामूलक छलफल।

टोलस्तरको समस्या समाधान : विभिन्न टोल विकास संस्थाहरूसँगको नियमित संवादमार्फत स्थानीय समस्याहरूको पहिचान र समाधानका प्रयास।

संसद्‌मा जहिल्यै खबरदारी

खेल क्षेत्रमा भएको अन्यायको विरोध :

ओलम्पियन संगिना वैद्यको राजीनामाको प्रसंग उठाउँदै राखेपमा हुने पक्षपातपूर्ण बढुवा प्रक्रियाबारे सरकारको ध्यानाकर्षण।

कुटनीतिक मर्यादा :

राजदूत नियुक्तिमा पदीय गरिमा कायम राख्न नसक्ने व्यक्तिहरूको चयन र मापदण्डमाथि प्रश्न।

प्रेस स्वतन्त्रता र श्रम :

श्रमजीवी पत्रकारहरूले भोग्दै आएका पारिश्रमिक र वृत्तिविकासका समस्याहरूको उठान।

जवाफदेहिता :

बालकुमारी घटना छानबिन आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरी दोषीमाथि कारबाही गर्न माग।

मिटरब्याज पीडित :

मिटरब्याज पीडितहरूको आन्दोलन र उनीहरूको मागप्रति सरकारले देखाएको उदासीनताको विरोध।

सुशासन र भ्रष्टाचार :

कर तिर्न जाँदा समेत घुस दिनुपर्ने बाध्यता र सरकारी 'सिस्टम' भित्रको चरम बेथितिबारे कडा प्रश्न।

Community Work

News of
Biraj Bhakta Shrestha

नेपाल–दक्षिण कोरिया सहकार्यको मार्गचित्र

युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी बहन गर्ने क्रममा विराजभक्त श्रेष्ठ ज्यूले नेपालको खेलकुद विकासलाई केवल आन्तरिक संरचनामा सीमित नराखी अन्तर्राष्ट्रिय सहकार्य र कूटनीतिक सम्बन्धसँग जोडेर अघि बढाउने दृष्टिकोण अपनाएका थिए

Read More →
यूकेको सन्दर्भमा, नेपाल–यूके सम्बन्ध दुई देशबीच सम्पन्न भएको सुगौली सन्धि (१८१६)

यूकेको सन्दर्भमा, नेपाल–यूके सम्बन्ध दुई देशबीच सम्पन्न भएको सुगौली सन्धि (१८१६)

यूकेको सन्दर्भमा, नेपाल–यूके सम्बन्ध दुई देशबीच सम्पन्न भएको सुगौली सन्धि (१८१६) पछि औपचारिक रूपमा सुरु भएको मानिन्छ। त्यसपछि नेपाल–बेलायत मैत्री सन्धि (१९२३) ले द्विपक्षीय सम्बन्धलाई थप औपचारिकता र मान्यता प्रदान गर्‍यो।

Read More →

बिराज भक्त श्रेष्ठ : G-CAP 2024 का Alumni

Biraj Bhakta Shrestha प्रतिष्ठित अन्तर्राष्ट्रिय नेतृत्व तथा क्षमता विकास कार्यक्रम G-CAP 2024 का Alumni हुन्। यो कार्यक्रम G20 Global Land Initiative र United Nations System Staff College को सहकार्यमा सञ्चालन हुने विश्वस्तरीय पहल हो, जसमा विभिन्न मुलुकका प्रभावशाली नीति–निर्माता र नेतृत्वकर्ताहरू सहभागी हुन्छन्।

Read More →
ICC सँग रणनीतिक सहकार्य

ICC सँग रणनीतिक सहकार्य

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( ICC ) का अध्यक्ष ग्रेग बार्क्ले युवा तथा खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठ सॅंगको भेटवार्ताले नेपाल र अन्तर्राष्ट्रिय क्रिकेट नेतृत्वबीच दीर्घकालीन सहकार्यलाई संस्थागत बनाएको छ।

Read More →
ICC सँग रणनीतिक सहकार्य

Hive GLS 1 - अगस्ट २०१८ सिलिकन भ्याली, अमेरिका

Hive द्वारा आयोजना गरिएको Global Leadership Summit (GLS 1) सन् २०१८ को अगस्टमा Silicon Valley मा सम्पन्न भएको थियो।

Read More →

Media Coverage of
Biraj Bhakta Shrestha

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सुधारका लागि १० सुझाव

१२ साउन २०८२ १२:५५, HimalPress

Read More →

अबको विकल्प सुसंस्कृत राजनीति

मंगलबार, माघ २०, २०८२ १२:०८, news24dainik

Read More →

सेप्टेम्बर ८, ९ को विरोध प्रदर्शनको स्पष्ट सन्देश भ्रष्टाचार अन्त्य गर्नु र सुशासन कायम राख्नु हो।

February 10, 2025, The Nepal Weekly

Read More →
Logo Icon

Drop Your Suggestions

You can drop your suggestion at the contact form below.